काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले शुक्रबार बस्ने एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । बिहीबार बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको एक भीम रावलले जानकारी दिए ।
ओली पक्षले महाधिवेशन आयोजक कमिटी भंग गरेर एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीको हैसियतमा नेपाल पक्षका नेताहरूसहित केन्द्रीय कमिटी बैठक बोलाएको छ । तर, नेपाल पक्षले पूर्व माओवादी केन्द्रका २० जनालाई केन्द्रीय सदस्य बनाएकोप्रति आपत्ति जनाएको छ । यथास्थितिमा बालुवाटार जान नहुनेमा नेपाल पक्षका नेताहरु एक ढिक्का भएका छन् ।
प्रतिक्रिया