लेटेस्ट न्युज
advertisement1

गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्री गुरुङ पदमुक्त

Maryada News 2021-06-10 19:07:37
गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्री गुरुङ पदमुक्त

पोखरा : गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको छ । यससँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ  पदमुक्त बनेका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा  उनले बहुमत सिद्ध गर्न सकेनन् ।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्