लेटेस्ट न्युज
advertisement1

प्रदेश १ मन्त्रिपरिषद् विस्तार : सोलुखुम्बुका उत्तम बस्नेत बने उद्योग, पर्यटन राज्यमन्त्री 

Maryada News 2021-09-15 20:10:00
प्रदेश १  मन्त्रिपरिषद् विस्तार : सोलुखुम्बुका उत्तम बस्नेत बने उद्योग, पर्यटन राज्यमन्त्री 

काठमाडौँ । सोलुखुम्बुबाट निर्वाचित प्रदेश ‘क’ सांसद उत्तम बस्नेत राज्यमन्त्री बनेका छन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार साँझ गरेको मन्त्रिपरिषद् विस्तारमा बस्नेतलाई उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्रीका नियुक्त गरेका हुन् ।

उनले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरेका छन् । पाँच जना थपिएसँगै प्रदेश १ मन्त्रीपरिषद् ८ सदस्यीय भएको छ । मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् ।

ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् । मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए । मुख्यमन्त्री बनेको २० दिनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेर दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् ।

केन्द्रको राजनीतिमा परिवर्तन नभए मुख्यमन्त्री आचार्यले थप गरेका मन्त्री २४ दिनका लागि मात्रै रहनेछन् । नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्रीको पक्षमा सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनका लागि असोज २२ गते प्रदेशसभाको ९ औं अधिवेशन आह्वानका लागि सिफारिस गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्