काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले उल्टाइदिएसँगै अहिले सबैको ध्यान यही फागुन २३ गतेतर्फ मोडिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय गरेपछि सत्तारुढ नेकपा राजनीतिकरुपमा दुई समूहमा विभाजित छ।
अदालतले संसद पुनस्र्थापना गरिदिए पछि प्रचण्ड–माधव समूहले ओलीलाई नैतिकताको आधारमा फागुन २३ गते अघि नै राजीनामा दिन आग्रह गर्दै आएको छ। तर प्रधानमन्त्री ओलीले आफूले वैध वाटोबाट मात्र प्रधानमन्त्री छोड्ने अडान राख्दै आएका छन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही फागुन २३ गते भित्रमा नेपाली राजनीतिमा देखिएको तुवालो हट्ने दावि गरेका छन्। नयाँ बानेश्वारमा बुधबार पत्रकारसंग अध्यक्ष प्रचण्डले सबै राजनैतिक दलसंग छलफल भइरहको भन्दै छिट्टै राजनीति सङ्लीने दावि गरेका हुन्। सर्वोच्चको फैसालापछि क्षणभर पनि नलगाइ प्रधानमन्त्री ओलीले राजिनामा गर्नुपर्नेमा त्यसो नगर्नु देशका लागि दुभाग्य भएको प्रचण्डको भनाइ थियो।
ओलीबाट अब देश नचल्ने र चल्न पनि दिन नहुने भएकोले २३ गते सम्ममा राजिनामा दिनुपर्ने र अटेर गरेमा राजनेतिक दलहरु मिलेर हटाइने चेतावनी पनि दिए। प्रचण्डले आफुले नेतृत्व गरेको समूहलाई आधिकारीकता दिन निर्वाचन आयोगले ढिलाइ गर्नु बिडम्बना भएको पनि बताएका छन्।
प्रतिक्रिया