काठमाडौं : नेकपा (एमाले)का नेता तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले प्रतिनिधि सभा र राष्ट्रिय सभा विचको विभेद हटाउनका लागि संविधान संशोधन गरेर भएपनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने व्यवस्था राख्नुपर्ने बताएका हुन् ।
उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट राष्ट्रिय सभामा पेश गर्नुपर्ने पनि बताए । नियमावली परिवर्तन गरेर भएपनि बजेट राष्ट्रिय सभाबाट पारित गर्नुपर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिए । राष्ट्रिय सभालाई बजेट बारे छलफल तथा विचार, विमर्श गर्ने अधिकार भएको उनले बताए ।
राष्ट्रिय सभा सदस्य गौतमले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजन गराएर नेकपा (माओवादी केन्द्र)र नेकपा(एमाले)व्युतिएको अवस्थामा आफुले नेकपा(एमाले)रोजेर बैठकमा समेत उपस्थिति भएको बताए ।
प्रतिक्रिया