लेटेस्ट न्युज
advertisement1

मन्त्रिपरिषदको आदेश पालना नभएकोमा प्रधानमन्त्री असन्तुष्ट

Maryada News 2021-04-24 21:27:55
मन्त्रिपरिषदको आदेश पालना नभएकोमा प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं : बैशाख ६ गते मन्त्रिपरिषदले जारी गरेको आदेशको पालना नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बनेका छन्। प्रधानमन्त्रीले शनिबार आफू मातहतका निकायहरूलाई कार्यान्वयनमा कडाइ गर्न निर्देशनसमेत दिएका छन् ।

सरकारले सार्वजनिक स्थलहरुमा भीडभाड नगर्न, २५ जना भन्दा बढी मानिसहरुको जमघट नगर्न, सार्वजनिक सवारी साधनमा स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गर्न लगायतका आदेश जारी गरेको थियो ।शनिबार अपरान्ह बालुवाटारमा आयोजित कोरोनाको जोखिमसम्बन्धी ब्रिफिङ कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्मचारीहरुबाट रिपोर्टिङ सुनिसकेपछि  स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न निर्देशन दिएका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्