काठमाडौं : नेकपा एमाले एकता कार्यदलको वार्ता सहमति नजिक पुगेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा तीन घण्टादेखि जारी वार्ता सहमतिनजिक पुगेको नेपाल पक्षीय वार्ता टोली सदस्य रघुजी पन्तले जानकारी दिए। ‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उनले भने, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’
मस्यौदामा उठेका बुँदामा पार्टीका नेताहरूले राखेका धारणा र सुझावलाई राखेर पूर्ण बनाउने काम भइरहेको पन्तको भनाइ छ । कार्यदलका सदस्यहरू आफ्ना नेताहरूप्रति उत्तरदायी हुने भएकाले वार्तामा भएका सहमतिमा नेताहरू पनि सहमत हुने उनको विश्वास छ ।
प्रतिक्रिया