काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने ? भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरेका छन् । ‘गम्भीर प्रश्नमा जवाफदेही बन्ने कि सम्पूर्ण मौनता राख्ने प्रधानमन्त्रीज्यू ?,’ प्रवक्ता शर्माको प्रश्न छ। जातीय विभेदको आरोपमा हिरातमा रहेकी काठमाडौंको बबरमहलकी सरस्वती प्रधानलाई रिहा हुँदा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालयमै पुगेका थिए ।
‘हालैको एक घटनामा तपाईंको मन्त्रीमण्डलका एक मन्त्रीको व्यवहार अनि त्यसप्रति यहाँको मौनताले गम्भीर प्रश्न उठान गरेको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले मन्त्रीको नाम उल्लेख नगरी आज निकालेको विज्ञप्तिमा भनिएको छ।
कुनै घटना उजागर भएपछि त्यसको पक्ष र विपक्षमा नागरिक तहबाट धारणा आइरहँदा त्यसलाई तार्किक निष्कर्ष र न्यायको पक्षमा मोड्न र द्वन्द्व बढ्न नदिन राज्य पक्षले सतर्कता र गम्भीरता देखाउनुपर्नेमा त्यस्तो नपाइएको उनको भनाइ छ । उनले यस घटनामा राज्यकै भूमिका उपर गम्भीर प्रश्न उब्जिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
प्रतिक्रिया