लेटेस्ट न्युज
advertisement1

पीके क्याम्पसमा नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी

Maryada News 2025-03-21 07:41:19
पीके क्याम्पसमा नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी

काठमाण्डू, स्ववियु निर्वाचनअन्तर्गत बागबजारको पद्मकन्या (पीके) क्याम्पसमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

अध्यक्षमा नेविसङ्घबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ‘भूपि’ विजयी भएकी हुन् ।

उनले नेविसङ्घकी पूर्णिमाया परियारलाई हराएकी हुन् । भूपीले ७३० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी परियारले ३७९ मत मात्र ल्याइन् ।

यस्तै सचिव र कोषाध्यक्षमा भूपिकै प्यानलका स्वतन्त्र उम्मेदवारहरू सन्ध्या बस्याल र सङ्कल्पिका थापा विजयी भए । यी दुवैले नेविसङ्घका उम्मेदवारलाई नै पछि पारेका हुन् ।

यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी आकृति पाण्डे, निशा कार्की र यानसु कटवाल विजयी भए ।

यी भूपिकै समूहका बागी उम्मेदवार हुन् । सधैँ नेविसङ्घको वर्चश्व रहने यस क्याम्पसमा यो पटक भने यो सङ्गठन रित्तोहात भएको छ ।

पीके क्याम्पसमा बिहीवार स्ववियुको निर्वाचन भएको थियो । नेविसङ्घकै विवादका कारण निर्वाचन दुई दिन पछि सरको थियो ।

Norway

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्