लेटेस्ट न्युज
advertisement1

दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि तीनकुने क्षेत्रमा कर्फ्यू जारी

Maryada News 2025-03-28 16:24:58
दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि तीनकुने क्षेत्रमा कर्फ्यू जारी

काठमाण्डू, काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यू जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोककुमार भण्डारीले शुक्रबार दिउँसो ४ बजेबाट राति १० बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।

तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो ।

स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ ।

प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्