काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्काे बैठक बाेलाएका छन्। बैठक शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएकाे छ।
बैठककाे एजेण्डा हालसम्म खुलाइएकाे छैन। यसअघि साेमबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेकाे भएता पनि प्रधानमन्त्रीले शनिबार नै आकस्मिक रुपमा बैठक बाेलाएका हुन्।
बैठक संसदमा विश्वासकाे मत लिने प्रधानमन्त्रीकाे तयारीकाे लागि पनि हन सक्ने अथवा कुनै महत्वपूर्ण निर्णय गर्न पनि हुन सक्ने मन्त्रीहरुले अनुमान गरेका छन्।
प्रतिक्रिया