लेटेस्ट न्युज
advertisement1

सन्दीपलाई थप ५ दिन थुनामै राख्न अदालतको अनुमति

Maryada News 2022-10-13 13:03:53
सन्दीपलाई थप ५ दिन थुनामै राख्न अदालतको अनुमति

काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपी लामिछानेलाई थप ५ दिन थुनमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

असोज २० गते पक्राउ परेका लामिछानेलाई यसअघि ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । बिहीबार पुनः ७ दिन म्याद प्रहरीले मागेको थियो । सन्दीपका वकिलहरूले ७ दिन धेरै हुने भएकाले ३ दिन मात्र दिनुपर्ने माग गरे पनि अदालतले भने ५ दिन म्याद थपेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्