काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले सत्ता सञ्चालनका लागि निश्चित अवधि तोक्नुपर्ने बताएका छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल निश्चित पटकभन्दा बढी हुन नहुने उनको प्रस्ताव छ ।
आइतबार झापाको विर्तामोडमा ’महामन्त्री पदको अवधारणापत्र’ सार्वजनिक गर्ने क्रममा शर्माले भने,‘राष्ट्रपति १ पटक भन्दा हुन नपाउने व्यवस्था गरौं । प्रधानमन्त्री २ पटक भन्दा बढी हुन नपाउने व्यवस्था गरौ ।’
यस्तै, एउटा व्यक्ति मन्त्री ३ पटक र सांसद ४ पटक भन्दा हुन नपाउने संविधानमा प्रावधान राख्न उनले प्रस्ताव गरे ।
प्रतिक्रिया