काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई निर्देशन दिएका छन् । आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।
विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द स्वीकार्य नहुने भन्दै उनले यस कुरालाई विशेष ख्याल गर्न निर्देशन दिए । उनले पारदर्शी बन्न र आचारसंहिताको पूर्ण पालना गर्न पनि निर्देशन दिए ।
नेकपा (एकीकृत समाजवादी)बाट चार मन्त्री र एक राज्यमन्त्री वर्तमान सरकारमा सहभागी छन् ।
प्रतिक्रिया