काठमाडौं : प्रतिनिधि सभाको बैठक आगामी कात्तिक ९ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारको बैठकको अन्तिममा सभामुख अग्निप्रसाद सापकोटाले दशैं लगायतका चाडपर्वको शुभकामना दिँदै बैठक स्थगित गरेका हुन् ।
वेल घेर्न पुगेका एमालेका सांसदहरुले संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पक्षपातपूर्ण व्यवहार मुर्दावाद, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, गैरसांसदलाई प्रवेश निषेध गर, कालोधन हामीलाई चाहिँदैन देश लुट्न पाइँदैन लगायतका नारा लगाएका थिए ।
सभामुखले प्रतिनिधि सभालाई सुव्यवस्थित ढंगले सञ्चालनको लागि सहयोग गर्न आग्रह गरेका थिए । उनले आम जनमानसमा संसद्प्रति निराशा उत्पन्न हुनेमा सचेत रहनुपर्ने बताएका थिए । तर एमालेका सांसदहरुले नाराबाजी कायमै राखेका थिए ।
प्रतिक्रिया