लेटेस्ट न्युज
advertisement1

रवीलाई थुनामा पठाउने अदालतको आदेशपछि आगामी रणनीतिबारे योजना बनाउन रास्वपा नेताहरू छलफलमा

Maryada News 2025-04-05 07:56:52
रवीलाई थुनामा पठाउने अदालतको आदेशपछि आगामी रणनीतिबारे योजना बनाउन रास्वपा नेताहरू छलफलमा

काठमाण्डू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामा पठाउने अदालतको आदेशपछि आगामी रणनीतिबारे योजना बनाउना रास्वापा नेताहरु छलफलमा जुटेका छन् ।

काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेको एक सचिवालय नेताले जानकारी दिए । ती नेताका अनुसार अबको रणनीतिबारे योजना बनाउनेगरी नेताहरू छलफलमा जुटेका हुन् ।

रास्वपाले शनिबार चितवनमा जनयात्रा शुभारम्भ कार्यक्रम आयोजना गरेको थियो । सभापति लामिछानेले सो सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले शुक्रबार लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्