काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन्। कञ्चनपुरको बेदकोट नगरपालिका २ स्थित दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न प्रधानमन्त्री ओली त्यहाँ पुग्न लागेका हुन्।
प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्ने र त्यहाँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दिउँसो १ बजे शिलान्यास हुने कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली तय भएदेखि नै जिल्लाको सुरक्षा व्यवस्था कडाई गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ-ठाउँमा सुरक्षा चेकजाँचसँगै गस्ती बढाएका छन् भने पूर्व-पश्चिम राजमार्ग र शिलान्यास कार्यक्रम स्थलमा सुरक्षाकर्मी खटाइएको छ।
यससँगै ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारालाई कार्यान्वयन गर्न प्रधानमन्त्री ओली देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्न जाने कार्यक्रम सुरु भएको छ।
दैजी छेला औद्योगिक क्षेत्र ९ अर्बको लागतमा ५ वर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।
प्रतिक्रिया