लेटेस्ट न्युज
advertisement1

भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री  

Maryada News 2021-07-16 16:16:43
भेरोसिल खोप लिएर गोरखाको चुमनुब्रीमा मुख्यमन्त्री  

गण्डकी: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेतृत्वको टोली आज भेरोसिल खोप लिएर गोरखाको उत्तरी गाउँपालिका चुमनुब्री पुगेको छ । उक्त गाउँपालिकाका लागि चाहिने तीन हजार खोप लिएर टोली हेलिकप्टरबाट त्यसतर्फ गएको हो ।     
     
सो गाउँपालिकाका लागि तीन हजार ५०० खोप आवश्यक रहेकामा यसअघि नै ५०० जनाले खोप लगाइसकेका छन् । सो अवसरमा मुख्यमन्त्री नेपालीले प्रदेशका सबै नागरिकलाई छिटोभन्दा छिटो खोप उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्थापन समेत गरिसकेको जानकारी दिए ।     
     
सङ्घीय सरकारमार्फत प्राप्त खोप प्रदेशको भvaccineण्डारण केन्द्रमा राखेर जिल्लामा पठाइएको र प्राथमिकताका आधारमा उपलब्ध गराउन मुख्यमन्त्री नेपालीले निर्देशन दिइसकेका छन् । भण्डारण क्षमता कम भएका कारण प्रदेशबाट तत्काल जिल्लामा पठाउने र त्यसपछि पालिकामा पठाएर खोप लगाउने गरिएको छ ।     
     
अहिले चुमनुब्री पठाइएको खोप तीन हजारलाई नै उपलब्ध गराइने छ । दोस्रो डोजका लागि फेरि प्रदेश सरकारले खोप पु-याउने जनाइएको छ । खोपका साथमा मुख्यमन्त्रीसहितको टोलीले मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीसमेत लगेको छ । टोलीमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधुमाया अधिकारी गुरुङ, ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री हरिशरण आचार्य, प्रमुख सचिव डा दामोदर रेग्मी छन् ।     
     
माउन्टेल चाइल्ड संस्थाको सहयोगमा हेलिकप्टरमार्फत खोप चुमनुब्री पु¥याइएको हो । हेलिकप्टरले पालिकाका सातवटै वडाको केन्द्रमा खोप छाड्ने छ । बर्खायाममा बाढी पहिरोले बाटो बिगारेपछि एउटा वडाबाट अर्कोमा जान पनि समस्या रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले बताए ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्