लेटेस्ट न्युज
advertisement1

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

Maryada News 2021-05-05 16:50:10
राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी छन् । जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खोल्न राष्ट्रपति भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गरेकी हुन् ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको अध्यादेशलाई केही दिनअघिको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । सरकारले साढे ५ महिनादेखि जनकपुरमा थन्किएको रेल अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । त्यसैको सहजताका लागि अध्यादेश ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्