लेटेस्ट न्युज
advertisement1

प्रदेश–२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने

Maryada News 2021-09-12 14:08:52
प्रदेश–२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने

काठमाडौँ: प्रदेश–२ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ । प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले मास्कको प्रयोग नगर्नेलाई सेवा नदिने निर्णय गरेको हो । 

बैठकले ‘नो मास्क, नो सर्भिस’ अभियान चलाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कोरोना संक्रमितहरुको संख्यामा कमी आएको बैठकले ठहर गरेको छ । 

संक्रमितको संख्यामा कमी आएपनि सर्वसाधारणले मास्कको प्रयोग गर्न नमानिरहेकाले यो अभियान चलाउने निर्णय भएको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । सरकारले सर्वसाधारणलाई मास्क प्रयोग गर्ने सम्बन्धमा सञ्चारमाध्यममा जनचेतनामूलक विज्ञापन प्रकाशन÷प्रसारण गराउने निर्णय पनि गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको आक्रोशमा एमाले सांसदहरुले गत शुक्रबार प्रधानमन्त्री र गृहमन्त्रीको आसन अगाडिको माइक खोसेर सभामुखको आसनतर्फ प्रहार गर्ने कोसिस गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्