लेटेस्ट न्युज
advertisement1

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

Maryada News 2021-07-27 16:50:31
पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

काठमाडौं : यौन दुर्व्यवहारको मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाएका हुन् ।

न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको हो । पूर्वसभामुख तथा माओवादी केन्द्रका सांसद महराले सचिवालयमा काम गर्ने एक कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि उनले २०७६ सालको असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । 

उनलाई थुनामा राखेर पनि अनुसन्धान गरिएकोमा २०७६ फागुन ५ गते काठमाण्डौ जिल्ला अदालतले सफाइ दिएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्