लेटेस्ट न्युज
advertisement1

किन जलाइयो उपेन्द्र यादवको पुत्ला ?

Maryada News 2021-10-09 19:13:21
किन जलाइयो उपेन्द्र यादवको पुत्ला ?

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरिएको छ । जसपामा मन्त्रिपरिषद् विस्तारका क्रममा एकलौटी भएको भन्दै पर्सामा अध्यक्ष यादवको पुत्ला दहन गरिएको हो ।

प्रदर्शनकारीहरूले जसपा सांसद प्रदीप यादवलाई मन्त्री बनाएको भन्दै अध्यक्ष यादवको पुत्ला दहन गरेका हुन् । असन्तुष्ट उनीहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डासमेत जलाएका छन् । 

अध्यक्ष यादवको विरोधमा र्यालीसमेत निकालिएको थियो । मोटरसाइकल र्यालीमा सहभागी प्रदर्शनकारीहरूले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने चेतावनीसमेत दिएका छन् । यस्तै उनीहरूले अध्यक्ष यादवले मन्त्री चयनको निर्णय नसच्याए पार्टीमा भयावह स्थिति आउनसक्ने प्रदर्शनकारीहरूको चेतावनी थियो । 

प्रदर्शनकारीहरूले प्रदीपको जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व गम्भीर रूपमा चुकेको आरोप लगाए ।

यसअघि शुक्रबार (हिजो) मन्त्रिपरिषद् विस्तार हुँदा जसपाबाट प्रदेश नं. २ र बागमतीबाट ४ मन्त्री बनेका छन् । प्रदेश नं. २ बाट राम सहाय यादव, रेणु दाहाल र महिन्द्रराय यादव मन्त्री बन्दा बागमतीबाट राजेन्द्र श्रेष्ठ मन्त्री बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्