लेटेस्ट न्युज
advertisement1

नेकपा (एमाले)सँग छलफलको लागि तयार छु : सभामुख सापकोटा

Maryada News 2021-10-13 22:50:14
नेकपा (एमाले)सँग छलफलको लागि तयार छु : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले संसद् नियमित सञ्चालन गराउनका लागि नेकपा (एमाले)सँग छलफलको लागि तयार रहेको बताएका छन् । संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने उनले बताए ।

संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै उनले आफू प्रतिपक्ष दल नेकपा (एमाले)सँग छलफलका लागि तयार रहेको बताएका हुन् । सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको भन्दै सबैले आफूले गरेको कामको समीक्षा गरेर संवादमा आउनुपर्ने उल्लेख गरे ।

सभामुख सापकोटाले भने, ‘म अझै के भन्छु भने, पहिला हाम्रो संवाद भइरहेको थियो, अहिले विवाद भइरहेको छ, अन्तिममा फेरि वादविवाद, संवादको विकल्प छैन । ढिलोचाँडो संवादमा उहाँहरू आउनुहुन्छ भन्ने छ र मैले ड्यासबाट नै पनि उहाँहरूलाई विनम्रतापूर्वक नै संसद्को गरिमालाई बढाउनका लागि हामी सबैको दायित्व उत्तिकै छ । के पक्ष, के विपक्ष, सबैभन्दा बढी भूमिका त सदनको हिसाबले सभामुखको नै हो । के गर्नुपर्छ त्यसको लागि म तयार छु, तर सरकार, सभामुख, विपक्षी दलको नेताको र समस्त सांसदहरूको दायित्व हुन्छ । दसैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो । सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँ कतै मैले पनि बल त गरेको छु, तटस्थ, निस्पक्षी र स्वतन्त्र भूमिका खेल्नुपर्छ, मैले संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्यसम्पादन गर्नुपर्छ । मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरूले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ । हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौँ । जतिसुकै ठूलो समस्या भए पनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो । हाम्रो संसद्मा अहिले अलिकति समस्याहरू देखिएको छ, अवरुद्ध भइरहेको छ । १५ दिनको समय पनि छ, कात्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्