लेटेस्ट न्युज
advertisement1

दलको आधिकारिकता टुङ्गो लागिसक्यो : नेता नेम्वाङ

Maryada News 2021-01-29 14:43:46
दलको आधिकारिकता टुङ्गो लागिसक्यो : नेता नेम्वाङ

काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले दलको आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी भएर बाहिरिने क्रममा नेम्वाङले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दावी गरेका हुन् ।

नेम्वाङ भन्छन्– ‘आधिकारिकताको सम्वन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ । त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ । त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया अगाडी बढिरहेको छ र बढ्छ ।’

उनले निर्वाचनको लागि समेत आयोगसँग पर्याप्त समय रहेको बताए । निर्वाचन गर्न ८४ दिन भए पुग्नेमा त्यो भन्दा धेरै दिन बाँकी रहेकाले तोकिएकै मितिमा निर्वाचन हुनेसमेत उनले बताए । वैशाख १७ र २७ गते निर्वाचन हुनेमा आशंका नगर्न उनले आग्रह समेत गरेका छन् । 

‘प्रधानमन्त्री केपी ओलीको पनि यही भनाइ छ । हामीले सोही कुरा आयोगमा पनि राख्यौँ । अदालतमा मुद्दा परेकाले स्टे अर्डर जारिगरेको छैन,’ उनले भने, ‘यो परिपेक्षमा हामी सबैको बुझाइ कुनै स्टे अर्डर जारी नभएको बेलामा निर्वाचनसम्बन्धी कार्यक्रम तदारुकताका साथ अघि बढाउनुपर्छ । अदालतले अन्यथा आदेश दिए बेग्लै कुरा हो ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्