लेटेस्ट न्युज
advertisement1

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

Maryada News 2021-09-13 19:50:33
एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ । सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सो निर्णय गरेको हो । सो बैठकबाट संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन समेत गरिएको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए ।

संसदीय दलको नेतामा महतोलाई चयन गरिएसँगै प्रदेश सरकारमा सहभागी हुने निर्णय गरिएको प्रदेश सचिव पौडेलले बताए । उनले भने, ‘प्रदेश २ सरकारमा सहभागी हुनका लागि संसदीय दलका नेता शत्रुधन महतोलाई मुख्यमन्त्री लालबाबु राउतसँग पहल गर्न जिम्मेवारी दिइएको छ ।’

एकीकृत समाजवादीका प्रदेश इन्चार्ज तथा पूर्वमन्त्री धर्मनाथ साहको प्रमुख आतिथ्यतामा भएको सो बैठकले वडा, पालिका र जिल्ला स्तरसम्म सशक्त ढंगले संगठन विस्तार गर्ने निर्णय पनि गरेको छ । बैठकमा एकीकृत समाजवादी प्रदेश नम्बर २ का केन्द्रिय सदस्य, ८ वटै जिल्लाका अध्यक्ष र प्रदेशसभा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्