काठमाडाैंः सुदूरपश्चिम प्रदेशका प्रथम प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ। लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौंस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए।
चार दशकयता कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए। पहिले राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।
मल्ल विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका थिए।
प्रतिक्रिया