काठमाडौं : सरकारले विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्ने योजनासहित प्रक्रिया बढाएको छ। उनलाई ल्याउनका लागि प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाउने प्रक्रिया थालिएको छ ।
शाक्यलाई राजीनामा दिन ऊर्जामन्त्री पम्फा भुसालले निर्देशन दिएपनि अस्वीकार गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा भुसालले राजीनामा दिन निर्देशन दिँदा उनले अस्वीकार गरेको बुझिएको छ ।
शाक्यले राजीनामा दिन अटेर गरेपछि उनीसँग स्पष्टिकरण सोध्ने तयारी भएको छ । स्पष्टिकरण सोधेर हटाउने गरी सरकार अगाडि बढेको छ ।
प्रतिक्रिया