काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने नेकपा एमाले स्थायी कमिटी बैठकले निर्णय गरेको छ । यस्तै बैठकले पार्टी एकता कार्यदलमा भएका १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने र कार्यदल भंग गर्ने निर्णय पनि गरेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १०बुँदे सहमतिअनुसार अघि बढ्न आग्रह गरेको थियो ।
प्रतिक्रिया