काठमाडौं : राजनीतिकरुपमा विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ।
उक्त समूहले दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको हो। पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा फागुन २३ गते बस्ने प्रतिनिधि सभा बैठकको तयारी लगायतका बिषयमा छलफल हुने बताइएको छ।
त्यसैगरी पछिल्लो राजनीतिक घटनाक्रमबारे विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक बस्न लागेको एक नेताले बताएका छन्।
त्यसअघि केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न स्थायी कमिटी बैठकले बस्ने छ।
प्रतिक्रिया