एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सको अपराजित यात्रामा पूर्णविराम लगाएको छ ।
शुक्रबार सम्पन्न खेलमा मुम्बईले दिल्लीलाई १२ रनले पराजित गर्दै लिगको दोस्रो जीत दर्ता गर्यो ।
मुम्बईले दिएको २०६ रनको लक्ष्य पछ्याएको दिल्लीले १९ ओभरमा १९३ रनमा अलआउट भयो । उसका लागि करुण नायरले सानदार ब्याटिङ गरे ।
उनले ४० बलमा १२ चौका र पाँच छक्कासहित ८९ रन बनाए । यस्तै, अभिषेक पोरेलले २५ बलमा ३२ रन जोडे ।
यस्तै, आशुतोष शर्माले १७, केएल राहुलले १५ र विपराज निगमले १४ रनमै आउट भए । अन्य ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
जितसँगै मुम्बई ६ खेलमा ४ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । पराजित दिल्ली पाँच खेलबाट ८ अंकसहित दोस्रो स्थानमा झरेको छ ।
त्यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५ रन बनायो ।
उसका लागि तिलक बर्माले अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ६ चौका र तीन छक्कासहित ५९ रनको पारी खेलेका हुन् ।
यस्तै, रायन रिकेलटनले ४१, सूर्यकुमार यादवले ४०, नमन धिरले अविजित ३८ र रोहित शर्माले १८ रन जोडे ।
दिल्लीका लागि कुलदीप यादव, मुकेश कुमार र विपराज निगमले दुई/दुई विकेट लिए ।
प्रतिक्रिया