काठमाण्डू, नेपालले आइसिसी यू–१९ विश्वकप छनोटमा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा यूएईलाई डकवर्थ लुईस पद्धिति (डिएल मेथड) अनुसार ५ रनले हराउँदै आयोजक नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
नेपालले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो ।
यूएईका लागि किरण राईले अविजित १०४ रनको शतकीय पारी खेले । अविजित रहेका उनले ९६ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे ।
यस्तै, मोहम्मद रायन खानले ३५ तथा करण धिमन १५ रनमा आउट भए ।
अन्य ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि सन्तोष र अशोक धामीले दुईरदुई तथा अभिषेक तिवारी र कप्तान नरेन भट्टले एकरएक विकेट लिए ।
नेपालले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याइरहेको यूएईले ३६ ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
तर, वर्षा र खराब प्रकाशका कारण खेल चार ओभरअघि नै समाप्त गरिएको हो ।
त्यसअघि मूलपानी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनायो ।
नेपालका लागि कप्तान नरेन भट्टले अर्धशतकीय पारी खेले । उनले ७५ बलमा सात चौकासहित ६७ रनको महत्वपूर्ण पारी खेले ।
यस्तै, दिलशाद अलीले ४० बलमा एक छक्कासहित ३४ रन जोडे । त्यस्तै, साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन जोडे ।
यूएईका उदिश सुरीले तीन, सालोम डिसुजा र युग शर्माले दुई/दुई विकेट लिए । यो जितपछि नेपालले दुई अंक जोडेको छ ।
जारी विश्वकप छनोटमा नेपाल र यूएईसँगै अफगानिस्तान, ओमान र हङकङ पनि प्रतिस्पर्धा गर्दैछन् ।
विजेता टिमले सन् २०२६ मा हुने यू–१९ विश्वकप खेल्नेछ ।
प्रतिक्रिया