काठमाडाैंः नेपाली कांग्रेसले सर्वदलीय बैठक बाेलाएकाे छ। पार्टी सभापति शेरबहादुर देउवाकाे निवास बूढानिलकण्ठमा बसेकाे पदाधिकारी बैठकले संविधान र लाेकतन्त्रकाे रक्षाका लागि सबै विकल्पमा अरू दलसँग पनि छलफल गर्ने निर्णय गरेसँगै छलफलका लागि सर्वदलीय बैठक बाेलाइएकाे हाे।
अरू दलसँगकाे छलफलपश्चात आवश्यक रणनीति अख्तियार गरिने कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताएका छन्। छलफलका लागि माओवादी केन्द्र, जसपाकाे उपेन्द्र यादव पक्ष र एमालेकाे माधव नेपाल पक्षलाई बाेलाइएकाे छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले वरिष्ठ नेता माधव नेपाल देउवा निवास पुगिसकेका छन्। अन्य नेताहरू आउने क्रम जारी रहेकाे छ।
बैठकमा प्रधानमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव ल्याउने र राष्ट्रपतिलाई महाभियाेग लगाउने बारे छलफल हुने बताइएकाे छ।
राष्ट्रपतिले साँझ ५ बजेसम्ममा संविधानको धारा ७६ (५) बमाेजिम नयाँ सरकार गठनका लागि समय दिएकी छिन्। कांग्रेसले साे अवधि अघि नै सबै विकल्प अपनाएर ठाेस निर्णय लिने बताएकाे छ।
प्रतिक्रिया