लेटेस्ट न्युज
advertisement1

सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा

Maryada News 2025-04-12 16:04:00
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा

काठमाण्डू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दिल्लीमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा गरेको भन्ने भनाइको खण्डन गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले यसअघिको कार्यक्रममा गलत सूचनाका कारण उत्तरप्रदेशका मुख्यमन्त्री दिल्लीस्थित नेपाली दूतावासमा आएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको कुरा बताएको भनेको भन्दै उक्त भनाइको खण्डन गरेका हुन् ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा सभापति देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ दिल्लीस्थित नेपाली दूतावास गएर आफू नेपालमा राजतन्त्रको पक्षमा नरहेको बताएका थिए ।

सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताएको उल्लेख गरेका छन् ।

सभापति देउवाले भने, अघि डा. शेखर कोइरालाले भनिसक्नुभयो । सरकारको नाममा अहिले धेरै ठूलो बदनामी भइरहेको छ ।

यो नहोस् भनिसक्नुभयो । त्यसैले शेयर होल्डरको पैसा जनताको पैसा भएको हुनाले यसको अनावश्यक खर्च हुनुहुँदैन ।

मैले बोल्दा गलत सूचनाको आधारमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेँछु ।

उहाँले दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीको राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो ।

हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो । दूतावासमा आउनु भएको होइन । यो पनि म खण्डन गर्न चाहन्छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्