एजेन्सी, चेन्नई सुपर किंग्स लगातार पाँच खेलमा पराजित भएको छ ।
इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई कोलकातासँग पराजित भएको हो ।
ऋतुराज गायकवाड घाइते भएपछि चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए ।
उनको कप्तानीमा खेलेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्यो । कोलकाताले ८ विकेटको जीत निकाल्यो ।
पहिले ब्याटिङ गरेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्दै १०३ रनमा समेटिएको थियो ।
शिबम दुबेले ३१ र विजय शंकरले २९ रन बनाए । अरू ब्याटर चलेनन् । कप्तान धोन ४ बल खेलेर एक रनमै आउट हुन पुगे ।
रवीन्द्र जडेजा र दीपक हुडा शून्यमा आउट भए । बलिङतर्फ कोलकाताका सुनिल नारायणले तीन, हर्षित राना र वरूण चक्रवर्थीले दुई/दुई तथा वैभव अरोरा र मोयन अलीले १/१ विकेट लिए ।
कोलकाताले १०४ रनको लक्ष्य १०।१ ओभरमा २ विकेटमात्रै गुमाएर पूरा गर्यो ।
त्यस क्रममा कप्तान अजिन्क्य रहाने र रिंकु सिंहले नट आउट क्रमशः २० र १५ रन बनाए ।
त्यसअघि ओपर सुनिल नारायणले १८ बलमा २ चौका र ५ छक्का हानेर ४४ रन बनाएका थिए ।
क्वीन्टन डीककले १६ बलमा तीन छक्का हानेर २३ रन जोडे । चेन्नईका अनसुल कमबोज र नुर अहमदले एकरएक विकेट लिए ।
साविक विजेता कोलकाता ६ खेलमा तीन जित निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। चेन्नई २ अंकसहित नवौं स्थानमा छ ।
प्रतिक्रिया