लेटेस्ट न्युज
advertisement1

एमालेलाई नसच्याउने हो भने काङ्ग्रेस अप्ठेरोमा पर्न सक्छ : डा. कोइराला

Maryada News 2025-04-12 16:15:54
एमालेलाई नसच्याउने हो भने काङ्ग्रेस अप्ठेरोमा पर्न सक्छ : डा. कोइराला

काठमाण्डू, नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले एमालेलाई नसच्याए काङ्ग्रेस पनि अप्ठेरोमा पर्ने बताएका छन् ।

वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले काङ्ग्रेस सत्तामा भएपनि सरकारमा भने नरहेको दोहोर्‍याए ।

डा. कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी जारी राख्नुपर्ने उल्लेख गरे । ‘

पटक/पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो ।

एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं ‘, उनले अघि भने, ‘कही यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले उहाँहरुलाई वार्न गर्नपर्छ । गरेनौँ भने अप्ठेरोमा पर्न सक्छौं ।’

उनले कांग्रेस/एमाले गठबन्धन संविधान संशोधन गर्ने जगमा भएको भन्दै संविधान संशोधन प्रक्रिया सेलाएकोप्रति असन्तुष्टि व्यक्त गरे ।

‘संविधान पुनर्वलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौं,’ उनले भने , ‘ढिलाइ भए सडक आक्रोशित हुन्छ ।’

काङ्ग्रेस एमाले गठबन्धन सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिए पनि दण्डहीनता बढिरहेको डा. कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्