लेटेस्ट न्युज
advertisement1

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले तीन प्रदेशमा बिहानैदेखि वर्षा, काठमाडौंमा पनि पानी पर्ने

Maryada News 2025-04-12 08:38:55
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले तीन प्रदेशमा बिहानैदेखि वर्षा, काठमाडौंमा पनि पानी पर्ने

काठमाण्डू, हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनअघि भारतबाट बंगालको खाडी हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव छ ।

अहिले अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव छ । ती प्रणालीहरुको प्रभावले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए ।

पाल्पा, रुपन्देही, गुल्मी, बागलुङ, दाङ, प्युठान, रोल्पा, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

ती ठाउँहरूमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद दाहालले बताए ।

वर्षा भइरहेको स्थानहरुमा पूर्णतया बदली र बाँकी भू-भागहरूमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको पनि उनले बताए ।

शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भू-भागहरूको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ ।

शनिबार राति कोशी र मधेश प्रदेशका भू-भागहरुमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी भू-भागहरूमा राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् दाहाल बताउँछन् ।

काठमाडौंमा दिउँसोको समयमा हल्का वर्षाको सम्भावना छ । यद्यपि देशैभरि शनिबार अरू दिनभन्दा कम पानी पर्ने र आइतबार शनिबारभन्दा अझै कम पानी पर्ने पूर्वानुमान छ ।

मौसम क्रमिक रूपमा सुधार हुँदै जाने दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्