नवलपुर, दुम्किबासको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नारायणघाट–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
दाउन्नेमा बाक्लो धुलोमाथि हल्का पानी परेर सडक अवरुद्ध भइरहेका बेला विनयी खोलामा आएको बाढीले डाईभर्सन नै बगाएपछि थप समस्या भएको हो।
गत पुस २६ गते भारतीय हेवी ट्रक पास हुने क्रममा विनयी खोलाको पुल भाँचिएपछि बनाएको डाइभर्सन खोलाले बगाएपछि ट्राफिक व्यवस्थापनमा थप समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
डाइभर्सन नहुँदा नारायणघाट–बुटबल भएर चल्ने सवारी साधन पूर्ण रूपमा अवरद्ध भएको र अत्यावश्यक साधनलाई होङ्सी सिमेन्टको बाटो भएर आवतजावत गर्न दिइएको ढकालले बताए ।
जङ्गलमा पानी र खाजा, खानाको समेत समस्या हुने भएपछि प्रहरीले बस र मालवाहक ट्रकलाई बजार क्षेत्रमा रोकेको छ।
दाउन्नेमा सडक विस्तारका लागि बिहान ११ देखि ३ बजेसम्म सवारी साधन चल्न रोक लगाइएकाले त्यही समयमा डाइभर्सन मर्मतको काम गरिने उनको भनाइ छ।
प्रतिक्रिया