काठमाडाैंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महताे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्। भेटवार्तामा सरकारमा जसपाकाे सहभागिताका बारेमा छलफल हुने बताइएकाे छ।
एमाले र जसपाबीच सत्ता साझेदारी गर्ने बारे यसअघि पनि विभिन्न बैठक बसिसकेकाे छ। आजकाे बैठक निर्णायक हुने बताइएकाे छ। आजकाे छलफलमा महन्थ र राजेन्द्रसहित एमालेका अन्य शीर्ष नेताहरू पनि सहभागी रहने जनाइएकाे छ।
यसअघि नै भएकाे बैठककाे निर्णयअनुसार प्रधानमन्त्री ओलीले जसपालाई ८ वटा मन्त्रालय दिनसक्ने छन्।
यता जसपाकै उपेन्द्र यादव र बाबुराम भट्टराई भने विपक्षी गठबन्धनसँग मिलेर अघि बढेका छन्। उनीहरू सरकारमा सहभागी हुने छैनन्।
प्रतिक्रिया