लेटेस्ट न्युज
advertisement1

सरकारसँगको सहमतिसँगै रुबी खानले गरिन अनसन स्थगित

Maryada News 2021-10-19 17:37:13
सरकारसँगको सहमतिसँगै रुबी खानले गरिन अनसन स्थगित

काठमाडौं : सरकार र आमरण अनसनरत रुबी खानबीच सहमतिसँगै आफ्नो अनसन स्थगित गर्ने भएकी छन् । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय छानविन समिति गठन गर्ने सहमित भएसँगै अनसन स्थगित गर्न सहमत भएको हो ।

७ दिनभित्र प्रतिवेदन बुझाउने गरी बनेको छानविन समितिमा आन्दोलनकारीको तर्फबाट मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहमद शेर बागवान पनि छन् । अनसनरत रुबीले बाँकेका एसपी श्यामकृष्ण अधिकारी लगायतलाई तत्काल सरुवा गर्नुपर्ने माग राखेकी थिइन् । 

गृहमन्त्रालयका अधिकारीहरुले भने दाषी देखिएकालाई कारबाही गर्ने र खानको मागप्रति सकारात्मक रहेको बताएका छन् । सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइने मानवअधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन् ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि ११ महिलासहित १४ जना २० दिन हिँडेर काठमाडौं आएका थिए । काठमाडौं आए लगत्तै प्रहरीले धरपकड गरेपछि रुबीले आमरण अनसन थालेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्