काठमाडाैंः नेकपा एमालेका झलनाथ-माधव समूहका सांसदहरूले शनिबार राजीनामा दिने बताएपछि साे बारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ। शनिबार साे समूहका नेता तथा सांसदहरूले गरेकाे समीक्षा बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको थियाे।
यस्तै बैठकले अध्यक्ष ओलीलाई 'सुध्रिन' भन्दै २४ घण्टे अल्टिमेटम दिएकाे थियाे।
सांसदहरूले राजीनामा दिने लगभग तय भए पनि थप आवश्यक छलफलका लागि बैठक बाेलाइएकाे साे समूहका एक सांसदले बताए। बैठक आज साँझमा बस्ने भनिए पनि समय हालसम्म तय गरिएकाे छैन।
वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासकाे मत लिने कार्यसूची रहेकाे छ। संसदमा 'फ्लाेर क्रस' गर्नुभन्दा साे अगावै सामूहिक राजीनामा दिनु नै उत्तम विकल्प भएकाे ठहर गर्दै झलनाथ-माधव समूहका करिब ३५ सांसदले आज सामूहिक राजीनामा दिने लगभग निश्चित भएकाे छ।
प्रतिक्रिया