लेटेस्ट न्युज
advertisement1

प्रदीप नेपालले छाडे माधवको साथ

Maryada News 2021-08-30 16:21:24
प्रदीप नेपालले छाडे माधवको साथ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टी आबद्ध नेता प्रदीप नेपालले सो पार्टी परित्याग गरेका छन् । पार्टीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त छोडेको भन्दै नेता नेपालले आफू उक्त पार्टी नरहेको जानकारी दिएका हुन् ।

नेकपा ९एस० का अध्यक्ष माधवकुमार नेपालले धोका दिएको उनको आरोप छ । 'तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो,' नेपालले भनेका छन् ।

नेता नेपालले आफू एमाले अध्यक्ष केपी ओलीसँग पनि नजाने उल्लेख गरेका छन् । 'माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ,' नेता नेपालले सामाजिक सञ्जालमा लेखेका छन् ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्