काठमाडौं: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढेको भन्दै जसरी भएपनि संसद्बबाट पास गराउनुपर्ने बताएका छन् । शुक्रबार कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने बताएका हुन् ।
एमसीसी मुलुकको विकास र समृद्धिका लागी आवश्यक रहेको भन्दै एमसीसी संसदबाट पास गराउनका लागि सबैबीच सहमतिको खाँचो रहेको उनले बताए । मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद् बैठकले बजेटको विषय अघि बढाउने पनि बताए ।
संसद्भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया