लेटेस्ट न्युज
advertisement1

राप्रपाका सांसद दीपक बोहोराको निधन

Maryada News 2025-04-01 12:28:44
राप्रपाका सांसद दीपक बोहोराको निधन

काठमाण्डू, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहोराको निधन भएको छ ।

पोस्ट कोभिडको साइट इफेक्टले बोलीमा समस्या भएर लामो समयदेखि थेरापी गराउँदै आएका बोहोराको मङ्गलबार बिहान निधन भएको हो ।

बोहोराका स्वकीय सचिव तारामणि चन्दका अनुसार थेरापीकाक्रममा घरमै अक्सिजनको मात्र एक्कासी घटेपछि ओम अस्पताल पुयाउँदा अस्पतालले मृत घोषणा गरेको हो ।

अहिले उनको पार्थिव शरीर नेपाली सेनाको आर्मीको स्काई ट्रकबाट निर्वाचन क्षेत्र भैरहवामा लाने तयारी भइरहेको छ ।

श्रद्धाञ्जलीका लागि आज दिनभर भैरहवामा राखेर साँझ काठमाडौं ल्याइने छ ।

उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी कार्यालयमा राखेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

सोमबार मात्र बोहोराको ७३ औं जन्मदिन मनाइएको थियो ।

उनी ०७९ सालको निर्वाचनमा रुपन्देही ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चुनावताका बालवाला गृहमन्त्री बालकृष्ण खानलाई पराजित गर्दै उनी विजयी बनेका थिए ।

उनकी छोरीको केही समयअघि मात्र निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्