सोलुखुम्बु : नेकपा माओवादी केन्द्र सोताङ सोलुखुम्बुले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सोताङमा एक कार्यक्रमका बीच माओवादी केन्द्रले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा केन्द्रमा पार्टीले गरिरहेको सकारात्मक गतिविधि, आगामी असोज मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्नेलगायतको विषयमा छलफल गरिएको सोताङ गाउँपालिका अध्यक्ष दुर्गा खालिङले जानकारी दिए । सोही कार्यक्रममा अन्य पार्टी परित्याग गरी ७५ जना माओवादी केन्द्रमा प्रवेश गरेको पनि अध्यक्ष खालिङले बताए ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोम्बु शेर्पा (कर्ज्याङ), जिल्ला सचिव असिम राईलगायत जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया