काठमाडौं: संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सोमबार सर्वोच्च अदालतमा मुद्धा हाल्ने भएका छन् । आइतबार सांसदहरुको हस्ताक्षर र रिट निवेदनको मस्यौदा तयार गर्दागर्दै समय अपुग भएकाले भोलि सर्वोच्च जाने गठबन्धनका एक नेताले जानकारी दिए ।
शुक्रबार मध्यरातमा संसद विघटन भएपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् । रिटमा धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।
प्रतिक्रिया