लेटेस्ट न्युज
advertisement1

पुनरावेदन माग गर्न सर्वाेच्च पुगे प्रचण्ड

Maryada News 2021-03-30 13:20:47
पुनरावेदन माग गर्न सर्वाेच्च पुगे प्रचण्ड

काठमाडाैंः न्यायिक पुनरावलोकन माग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितकाे टाेली सर्वाेच्च पुगेकाे छ। मङ्गलबार १२ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सर्वाेच्च अदालत पुगेर पुनरावेदन माग गरेका हुन्।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वकाे नेकपालाई गत फागुन २३ मा विघटन गरिदिएकाे थियाे। त्यसपश्चात व्युँतिएकाे माओवादी केन्द्रकाे स्थायी कमिटी बैठकले सर्वाेच्चमा साे फैसलाकाेविरुद्ध पुनरावेदन माग गर्ने निर्णय गरेकाे थियाे। 

उनीसँगै माओवादी केन्द्रका हरिबोल गजुरेल, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, बर्षमान पुन पनि सर्वोच्च पुगेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्