लेटेस्ट न्युज
advertisement1

एमालेकाे ओली समूह र नेपाल समूहकाे छुट्टाछुट्टै बैठक आह्वान

Maryada News 2021-06-03 10:04:13
एमालेकाे ओली समूह र नेपाल समूहकाे छुट्टाछुट्टै बैठक आह्वान

काठमाडाैंः नेकपा एमालेकाे केपी शर्मा ओली समूह र माधव नेपाल समूहले आज छुट्टाछुट्टै बैठक बाेलाएकाे छ। ओली समूहले आज पार्टीकाे स्थायी समिति बैठक बाेलाएकाे छ भने नेपाल समूहले आज केन्द्रिय समिति बैठक बाेलाएकाे छ।

ओली समूहकाे बैठक अपराह्न ४ बजेलाई बाेलाइएकाे छ। नेपाल समूहकाे बैठक भने बिहान ११ बजे बस्ने भएकाे छ। 

यता ओली समूहले भने नेपाल समूहले बोलाएको बैठक अवैधानिक भएको भन्दै त्यस्ता गतिविधिमा संलग्न नहुन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएकाे छ। एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज एक विज्ञप्ति जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन सुचित गरेका छन्। 

विज्ञप्तिमा भनिएकाे छ- ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु।’

एमालेका दुवै समूहका दाेश्राे पुस्ताका नेताबीच लगातार वार्ता र संवाद भइरहे पनि कुनै टुंगाेमा पुगेकाे छैन। पार्टी हालसम्म पनि एकता र विभाजनकैबीचमा रहेकाे छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्