काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने घोषणा गरेका गरेका छन् । कांग्रेस सिन्धुपाल्चोक क्षेत्र २ ले मेलम्चीमा आयोजना गरेको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले आफुले कांग्रेस केन्द्रीय सभापतिमा लड्ने घोषणा गरेका हुन् ।
कोइरालाले सभापतिमा निर्वाचित भएपछि पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्ने दाबी समेत गरेका छन् । साथै उहाँले युवाहरूलाई कृषिमा आकर्षण बढाइ आधुनिक ढङ्गले कृषि क्रान्ति गर्न पहल गर्ने बताएका छन् । उहाँले मेलम्चीमा गएको बाढीपहिरोको ध्यानाकर्षण भएको र सरकार र पार्टीलाई यस ठाउँमा राहतका साथै छिट्टै पुल बनाउन दबाव दिने प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया