काठमाडाैं- मन्त्रीपरिषद्काे सिफारिसमा राष्ट्रपतिले आज (शुक्रबार) प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गर्दै राजेश झालाई नयाँ प्रमुखकाे रुपमा नियुक्त गरेपछि प्नमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराेध जनाएकाे छ। कांग्रेसले शुक्रबारै एक विज्ञप्ति जारी गर्दै बर्खास्ती र नियुक्तीकाे विराेध गरेकाे हाे।
यस्तै स्वेच्छाचारी ढंगले प्रदेश प्रमुख नियुक्ति गरेर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउँदै लगेकाे कांग्रेसले आराेप लगाएकाे छ।
कांग्रेसले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ- 'अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो । आज फेरि त्यही प्रवृत्ति दोहोर्याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने, निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।'
यस्ताे छ कांग्रेसकाे विज्ञप्ति ः
प्रतिक्रिया