लेटेस्ट न्युज
advertisement1

काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन

Maryada News 2025-04-08 12:05:08
काठमाडौं आज आन्दोलनमय बन्दै, राप्रपासहित तीन सङ्गठनका छुट्टाछुट्टै प्रदर्शन

काठमाण्डू, देशको राजधानी काठमाडौं आज (मङ्गलबार) आन्दोलनमय बन्दैछ । यहाँका तीन स्थानमा प्रदर्शन हुने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासङ्घ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।

राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासङ्घले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने भएका छन् ।

यस्तै, सहकारी तथा लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्नेछन् ।

सवारी आवागमनलाई सहज बनाउन आवश्यकताअनुसार सवारीसाधनलाई डाइभर्सनको व्यवस्था मिलाएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्